I just came from Nepal, where I spent a month, and totally in love with this song.. .can anybody tell me what is about?? plz... thank you!!!

तिमी भन्दा धेरै माया
कसले गर्न सक्छ र?
तिमी जस्तो झुटो कसम
कसले खान सक्छ र?
हेरन नहेर मलाई
जलाउन मलाई

एक्लो नै छु म आज
एक्लै रमाउन देउ
एकान्तको शुन्यतामा आँसु खसाल्न देउ
जीवनको यो गोरेटोमा फर्कि त्यहि पुगे
जीवन यो के हो के हो
नबुझी बहुलाई रहे म
तिमी बिना म
जलाउन मलाई।।।

(खसेका तारा गन्दै
तिमीलाई नै मागि बसे)---३

रात बितेको चालै पाइन।।।

आज फेरि याद आयो भन्नलाई कोहि छैन
छाडेर जान पनि मनले यो मान्दैन
जानु छ धेरै टाढा फर्कि आउने कहिले
हृदय म छोडिदिन्छु
सम्हालि राखी देउन
तिमी बिना म
जलाउन मलाई

(खसेका तारा गन्दै
तिमीलाई नै मागि बसे)---३
रात बितेको चालै पाइन।।।

(खसेका तारा गन्दै
तिमीलाई नै मागि बसे)---३
रात बितेको चालै पाइन।।।